+

गीता र एञ्जिला लिग खेल्न भारत प्रस्थान

२०८० मंसिर  १७ गते १२:५७ २०८० मंसिर १७ गते १२:५७
गीता र एञ्जिला लिग खेल्न भारत प्रस्थान

१७ मंसिर, काठमाडौं । राष्ट्रिय फुटबल टिमका दुई खेलाडी भारतीय महिला लिग खेल्नका लागि भारत प्रस्थान गरेका छन् ।

राष्ट्रिय टिमकी पहिलो रोजाइकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता राना मगर आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । दुवै खेलाडीले सेथु एफसीबाट खेल्नेछन् ।

एञ्जिलाले सम्झौता नवीकरण गरेकी हुन् । गीताको भने पहिलो संस्करण हो ।

यस अघिको सिजनमा ६ जना नेपाली खेलाडीले भारतीय महिला लिग खेलेका थिए ।

सावित्रा भण्डारी भने यस पटक भारतीय लिगका लागि उपलब्ध हुने छैनन् । उनी इजरायली क्लबमा अनुबन्ध छिन् ।

एञ्जिला तुम्बापो गीता राना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय