
काठमाडौं । निर्देशक दिनेश राउत यतिबेला तीन फिल्म निर्देशनको तयारीमा छन् । कम्तीमा एकवर्षका लागि उनको ‘लाइनअप’ तयार छ । माघको पहिलो सातादेखि उनले सोसल-ड्रामा ‘पुजार सार्की’ छायांकन गर्दैछन् ।
लगत्तै उनका दुई फिल्म पनि सुटिङमा जाने तयारीमा छन् । चलचित्र विकास बोर्डमा दर्ता भएका अन्य दुई फिल्मको निर्देशकमा राउतको नाम उल्लेख छ । जसमा दयाहाङ राई र प्रेशा कार्कीलाई शीर्ष भूमिकामा लिएर राउतले फिल्म ‘गाउँ नै रमाइलो’ निर्देशक गर्दैछन् ।
दयाहाङ राई यो फिल्ममा औपचारिक अनुबन्धित भएको जानकारी राउतले अनलाइनखबरलाई दिए । यसबाहेक निर्माता रोहित अधिकारीको फिल्म ‘छब्बीस करोड’को निर्देशकमा पनि राउत अनुबन्धित भएका छन् । निर्माता अधिकारीले राउतलाई निर्देशकको रुपमा लिएको कुरा पुष्टि गरे ।
रोहितले अहिले छायांकन भैरहेको फिल्म ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङलाई नयाँ फिल्म ‘बेहुली’को निर्देशकमा अनुबन्धित गरिसकेका छन् । ‘बेहुली’पछि दिनेश राउतको निर्देशनमा ‘छब्बीस करोड’ अघि बढाउने रोहितको तयारी छ ।
प्रतिक्रिया 4