+

डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ ?

२०८० मंसिर  १७ गते १७:३२ २०८० मंसिर १७ गते १७:३२
डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ ?

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै लाग्छ त कसैलाई कम । डर मस्तिष्कबाट सुरु हुन्छ, तर महसुस छाती, पेट र मुटुमा किन हुन्छ भन्ने प्रश्न उब्जिन सक्छ ।

डर लाग्दा मुटु ढुकढुक हुनु र पेट पोल्नु सामान्य हो । कुनै पनि कारणले डर लाग्दा वा मानसिक समस्या हुँदा तुरुन्तै दिइने प्रतिक्रिया हो । यसको लागि कुनै औषधिको सेवन गर्नु पर्दैन । डर लागेको केही मिनेटमा आफैं निको हुन्छ ।

किन हुन्छ ?

डर लाग्दा दिमागमा रक्तसञ्चार बढ्छ भने पेटमा रक्तसञ्चार प्रवाह कम हुन्छ । जसले गर्दा पेट पोल्ने वा दुखेको जस्तो महसुस हुन्छ । डर लागेको बेलामा सिम्प्याथेटिक एक्टिभेसन (सहानुभूतिशील सक्रियता) हुन्छ । यसले गर्दा मुटुमा रक्तप्रवाह वृद्धि हुन्छ र मुटुको ढुकढुकी बढ्छ । खासगरी यो दिमागमा भएको एउटा महत्वपूर्ण अंग एमिग्डालाका कारण हुन्छ ।

एमिग्डाला के हो र र कसरी काम गर्छ ?

एमिग्डाला स्नायु कोषिकाहरु मिलेर बनेको बदाम आकारको दिमाग रहेको एक अंग हो । जसले दिमागमा हुने भावनात्मक र आवेगलाई नियन्त्रण गर्ने काम गर्छ । डर लागेको बेला एमिग्डाला सक्रिय भएको हुन्छ । यसले कुन परिस्थितिमा कसरी व्यवहार गर्ने वा प्रतिक्रिया दिने भनेर निर्णय गर्छ । त्यही निर्णयको आधारमा मान्छेले प्रतिक्रिया दिन्छ । डर लागेको बेला पनि यही एमिग्डालाको निर्णय अनुसार नै प्रतिक्रिया दिएको हुन्छ ।

कुनै तीव्र घटनाका कारण डर लागेको छ भने मुटुको ढुकढुकी बढ्ने, पसिना आउने र पेट दुख्ने हुन्छ । तर मानसिक समस्या वा बिरामी भएको बेला एमिग्डाला सक्रिय हुँदैन र डर लाग्ने पनि कम हुन्छ ।

उपचार र रोकथाम

कुनै भयानक कुरामा डर लाग्नु त स्वभाविक नै हो, तर सामान्य उचाइमा जान, गाडी चढ्न, एक्लै बस्न डर लाग्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । यसका लागि आत्मबल बलियो बनाउनुको विकल्प रहँदैन । डर भनेको केही होइन भनेर आफूलाई आफैंलाई सम्झाउनुपर्छ ।

लगातार डर लागिरहन्छ भने मानसिक समस्याका कारण पनि हुन सक्छ । यस्तो अवस्थामा मानसिक चिकित्सकलाई जाँच गराउने वा परामर्श लिई औषधि सेवन गर्न सकिन्छ ।

डर डा. सुरेश विश्वकर्मा मानसिक स्वास्थ्य
डा. सुरेश विश्वकर्मा
लेखक
डा. सुरेश विश्वकर्मा
कन्सल्टेन्ट न्युरोसर्जन

डा. विश्वकर्मा कन्सलटेन्ट न्युरोसर्जन हुन् । उनी हाल काठमाडौंस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्समा कार्यरत छन् । उनले एबीबीएस, जनरल सर्जरीमा एमएस र न्युरोसर्जरीमा एमसीएच गरेका छन् । डा. विश्वकर्माको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९११६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?

हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?