१७ मंसिर, काठमाडौं । नेपाल सुपर लिगमा भोलिदेखि साँझको खेल ५ बजे नै हुने भएको छ ।
आयोजक नेपाल स्पोर्ट्स् एण्ड इभेन्ट्स म्यानेजमेन्टले आइतबार विज्ञप्ति जारी गर्दै भोलि सोमबारदेखि खेलको समय परिर्वतन गरिएको जानकारी दिएको हो ।
हाल साँझको खेल साढे ५ बजे सुरु हुन्छ । तर धेरै ठाउँबाट आएको सुझाव अनुसार यो समयलाई परिर्वतन गरिएको आयोजकले जनाएको छ ।
दिउँसोको खेलको समय भने परिर्वतन गरिएको छैन । शनिबार दिउँसो हुने खेल भने १ बजे नै हुनेछ । नेपाल सुपर लिगमा शनिबार दिउँसो र साँझ गरी दुई खेल हुनेछ भने अरु दिन साँझ मात्र खेल हुनेछ ।
प्रतिक्रिया 4