
काठमाडौ । नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर सार्वजनिक भएको छ । काठमाडौं र पोखरासहित यो फिल्मलाई भारत र फ्रान्समा समेत खिचिएको छ ।
फेब्रुअरीमा प्रदर्शन गर्ने जनाइएको यो फिल्मलाई विष्णु अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन् । यो फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी र चिनियाँ भाषामा प्रदर्शन हुने जनाइएको छ ।
आइतबार काठमाडौंमा आयोजित समारोहमा टिजर सार्वजनिक गरियो । तर युट्युबमा टिजर सार्वजनिक भएको छैन । प्रेसमिटमा देखाइएको टिजरमा अधिकारी मात्र देखिएका छन् भने आँचललाई देखाइएको छैन ।
ट्रेलरमा भने नेपाली दृश्य र कलाकार समेत देखिने निर्देशक तथा अभिनेता अधिकारीले बताए । फिल्ममा प्रशान्त ताम्राकार र मिलन सिंजापतिको पनि मुख्य भूमिका छ । चरित्रमा फिट भएपछि आँचललाई कास्ट गरेको अधिकारीले बताए ।
फिल्मले नेपालको सौन्दर्य प्रस्तुत गर्ने उनले जनाए । आँचलले फिल्म तेलुगू भाषामा बनेपछि यसमा आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर आफूले तेलुगू भाषा पनि सिकेको उनले बताइन् । केही अभिनेत्रीहरुसँग आफूहरुले कुरा गरे पनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए । सिनेमाले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ ।
नाइन्टी नाइन सिनेमाज र इस्ट एण्ड वेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा दीपक अधिकारी निर्माता र सन्नी लावती सहनिर्माता छन् । यो फिल्मलाई ओटीटीमा चाहिं अमेजन प्राइम भिडियोमा रिलिज गर्ने जनाइएको छ ।
प्रतिक्रिया 4