+

घाइते भएका इलामका गोलकिपरलाई अस्पताल लगियो

२०८० मंसिर  १७ गते २०:०५ २०८० मंसिर १७ गते २०:०५
घाइते भएका इलामका गोलकिपरलाई अस्पताल लगियो

१७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत आइतबार बुटवल लुम्बिनी एफसीसँगको खेलमा स्पोर्टिङ इलामका गोलकिपर बिकेश कुथु घाइते भएका छन् ।

खेलको अन्तिमतिर घाइते हुन पुगेका उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको छ । घाइते भएर मैदानमा ढलेपछि उनलाई लिन एम्बुलेन्स पुगेको थियो ।

९० मिनेटको खेल सकिएपछि थपिएको समयको आठौं मिनेटमा बुटवलका स्टेफेन विनोङले एक्लै गोलपोस्ट तर्फ बल अघि बढाएका थिए । त्यस क्रममा गोल पोस्टभन्दा अघि बढेका बिकेशले बल रोक्ने क्रममा स्टेफेनसँग ठोक्किएका थिए ।

दुबै जना मैदानमा ढलेका थिए । त्यसपछि विकेशलाई स्ट्रेचरमा राखेर बाहिर ल्याइएको थियो र उनको ठाउँमा अर्का गोलकिपर समित श्रेष्ठलाई खेलाइएको थियो ।

एनएसएल फुटबल बिकेश कुथु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय