+
+

ह्विलचेयरबाट पाटन दरबारको अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते २०:४२

१७ मंसिर,काठमाडौं । ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्रमा र्‍याम्पबाट अपाङ्गता भएका व्यक्तिहरुले अवलोकन गरेका छन् । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा ललितपुर महानगरपालिकाले र्‍याम्पको व्यवस्था गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई  अवलोकन गराएको हो ।

अवलोकन गराउने क्रममा  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन योजनाबद्ध ढंगबाट काम गरेको दाबी गरेका थिए  ।

‘हामीले अपाङ्गता भएका व्यक्तिहरुको जीवन सहज बनाउन केही न केही नयाँ काम गर्दै आइरहेका छौं,’याम्प राख्ने काम पनि नयाँ हो उहाँहरुलाई सहज होस् भनेर बनाएका हौं,’ महर्जनले भने ।

महानगरले ३२ विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा रहेका सुन्दरीचोक, मूलचोक, केशवनारायण चोक, भण्डारखाल बगैंचा लगायतका महत्वपूर्ण सम्पदाहरुको अवलोकन गर्ने व्यवस्था मिलाएको थियो ।

महानगरका अनुसार १ सय ९० भन्दा धेरै अपाङ्गता भएका मानिसहरुले अवलोकन गरेका थिए । जसमा ह्विलचेयरबाट मात्रै करिब एक सय सहभागी भएका थिए  ।

अपाङ्गता भएका मानिसहरुलाई सम्बोधन गर्दै  ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अपाङ्गता भएको लागि सहयोगी व्यवस्था गर्ने सन्दर्भमा भएको छलफल अन्तिम चरणमा पुगेको बताइन् ।

अपाङ्गता भएका व्यक्तिको ललितपुर  जिल्ला संयोजक भोजराज श्रेष्ठले  संघीय सरकारले भत्ताबाहेक अरु सुविधा नदिएको गुनासो गर्दै  भने ‘अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि अरु सेवासुविधा उपलब्ध गराउने गरी आवश्यक नीति बनाउनुपर्छ ।’

सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ लाई अपाङ्गता दिवस घोषणा गरेको थियो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्द्धन, समावेशीकरण, सशक्तिकरण र अपाङ्गताका विविध सवालमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन् १९९२ बाट मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?