+
+

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते ९:५४

१८ मंसिर, काठमाडौं । पिपुल्स पावरले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

आयोजनाको नियमित मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाव फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका लागि भन्दै हकप्रद सेयर निस्कासन गर्ने निर्णय सञ्चालक समितिले गरेको हो ।

हकप्रद सेयरका लागि कम्पनीले विद्युत् नियमन आयोगबाट पूर्व सहमति लिनुपर्नेछ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ २० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?