+
+

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १०:१५

तारागाउँ रिजेन्सी होटलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ११ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

यो लाभांश प्रस्ताव आगामी २७ औं वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउने छन् । आगामी वार्षिक साधारणसभाको मिति भने कम्पनीले तय गरिसकेको छैन । होटल तथा पर्यटन समूहको यो कम्पनीको सेयर मूल्य आइतबार बजार बन्द हुँदा प्रतिकित्ता ७६५ रुपैयाँ १० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?