+
+

पश्चिम नेपालमा हिमपात र वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १०:४०
हुम्ला सदरमुकाम सिमकोटमा परेको हिउँ । फोटो : सुवासचन्द्र घिमिरे

१८ मंसिर, काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ ।

हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेका अनुसार सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।

सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ । दैलेखमा पनि पानी परेको स्थानीयले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ ।

मौसमविद सरोज पुडासैनीले अनलाइनखबरसँग भने, ‘पश्चिमी वायुको प्रभावले हल्का हिमपात र हल्का वर्षा भइरहेको हो ।’ यसको प्रभाव आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको उनले बताए ।

मौसमविदका अनुसार गण्डकी र बागमती प्रदेशमा सामान्य बदलीको अवस्था छ । कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली छ भने मधेश प्रदेश र कोशी प्रदेशको दक्षिणी भूभागमा मौसम सफा छ ।

काठमाडौं उपत्यकामा कहिले घाम लाग्ने र कहिले बादल लाग्ने भइरहेको छ । काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ तर पानी पर्ने सम्भावना भने ‘एकदम कम’ रहेको मौसमविद पुडौसैनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?