+
+

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १२:५७

१८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ ।

प्रवक्ता तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी महाधिवेशनको मिति सार्ने लगायत विषयमा छलफल भइरहेको छ ।

‘राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको सन्दर्भमा पार्टीको महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफल हुँदैछ’, उनले भने ।

एकीकृत समाजवादीको गत ७ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले १४ देखि १८ माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

नयाँ पार्टी गठन भएको दुई वर्षपछि हुन लागेको महाधिवेशन एमालेकै निरन्तरताका रुपमा गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

सरकारले राष्ट्रिय सभाको निर्वाचन ११ माघमा गर्ने निर्णय गरेको छ । फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ ।

एक महिनाअगावै निर्वाचन गर्नुपर्ने व्यवस्थाअन्तर्गत् राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो । त्यसका लागि २३ पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने गरी निर्वाचन आयोगले तालिका जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?