+
+

ईसेवा मनि ट्रान्स्फर र अल फरदान एक्सचेञ्ज बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १४:३०

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा कतारको अल फरदान एक्सचेञ्जबाट पनि सुरु भएको छ ।

भुक्तानीसम्बन्धी सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र अल फरदान एक्सचेञ्जका महाप्रबन्धक बसर मोहम्मद अल वक्फीले हस्ताक्षर गरे ।

ईसेवा मनि ट्रान्स्फर र अल फरदान एक्सचेञ्ज बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले अल फरदान एक्सचेञ्जको १६ शाखा वा मोबाइल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन् ।

अल फरदान एक्सचेञ्जबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ ।

अल फरदान एक्सचेञ्ज कतार मार्फत अब नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहेका नेपालीहरुलाई सुरक्षित र भरपर्दो माध्यमबाट आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता हुने ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताए ।

सम्झौताले अल फरदान एक्सचेञ्ज मार्फत सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने र पैसा स्थानान्तरणलाई छिटो र अधिक किफायती हुने अल फरदान एक्सचेञ्जका महाप्रबन्धक बसर मोहम्मद अल वक्फीले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?