
नेपाल इन्स्योरेन्स कम्पनीले पुस १३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको संचालक समितिको बैठकले प्रज्ञा भवन कमलादीमा साधारणसभा बस्नेगरी मिति तय गरेको हो ।
साधारणसभाले यसअघि घोषित १० प्रतिशतले हुने बोनस सेयर र सो बोनस सेयरमा कर प्रयोजनका लागि लाग्ने ०.५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । कम्पनीले मंसिर २८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । अघिल्लो दिन मंसिर २७ सम्म कायम सेयरधनी मात्रै लाभांश लिन र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी साधारणसभाबाट पारित हुनेछ । त्यस्तै साधारण सेयरधनीका तर्फबाट कम्पनीमा संचालकको रुपमा गुहेश्वरी क्यापिटलका प्रतिनिधि सजल मास्केलाई गरिएको मनोनित अनुमोदन गरिने कम्पनीले जनाएको छ । तत्कालीन संचालक दिवाकर पौडेलले राजीनामा दिएपछि मास्के मनोनित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4