+

सात गोल भएको खेलमा आर्सनलको रोमाञ्चक जित, ५ अंकको अग्रता

२०८० मंसिर  २० गते ८:४४ २०८० मंसिर २० गते ८:४४
सात गोल भएको खेलमा आर्सनलको रोमाञ्चक जित, ५ अंकको अग्रता

२० मंसिर, काठमाडौं । डेक्लान राइसले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा लुटन टाउनममथि ४-३ को रोमाञ्चक जित हात पारेको छ ।

लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गाब्रिएल ओसोले २५औं मिनेटमा लुटनका लागि बराबरी गोल फर्काए ।

गाब्रिएल जेससले ४५औं मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा अग्रता कायम राख्यो । तर दोस्रो हाफको सुरुमै लुटनले लगातार दुई गोल गरी अग्रता बनायो ।

लुटनका एलिजाह एडेबायोले ४९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । यस्तै रोस बार्कलीले ५७औं मिनेटमा गवल गरेपछि लुटनले ३-२ को अग्रता बनायो ।

तर त्यो अग्रता लामो समय टिकेन । ६०औं मिनेटमा काइ हाभार्टले जेससको पासमा गोल गर्दै खेल ३-३ को अवस्थामा पुर्‍याए । त्यसपछि राइसले इन्जुरी टाइममा निर्णायक गोल गर्दै आर्सनललाई ३ अंक दिलाउन भूमिका खेले ।

यस जितपछि आर्सनलले १५ खेलबाट ३६ अंक जोडेको छ र दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ५ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको सिटीको ३१ अंक छ ।

लुटन १५ खेलबाट जम्मा ९ अंकसहित १७औं स्थानमा छ र रेलिगेसन जोनबाट २ अंकले मात्र अघि छ ।

आर्सनल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय