+
+

मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते ९:२९

मितेरी डेभलपमेन्ट बैंकले पुस १४ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सुनसरी उद्योग वाणिज्य संघ, धरानमा हुने वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै संचालक समितिबाट घोषित चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र सो सेयरमा कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साधारणसभाका लागि कम्पनीले मंसिर २८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । मंसिर २७ गतेसम्म कायम सेयरधनी मात्रै लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?