
२० मंसिर, काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले अवकाश लिएका छन् । पौड्यालले नियमित अवकाश लिएसँगै मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साललाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको छ ।
पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भई संसदीय सुनुवाइ समितिबाट समेत अनुमोदन भइसकेका छन् । सम्बन्धित मुलुकबाट उनको एग्रिमो आएपछि राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गर्नेछन् ।
कायममुकायम सचिवको जिम्मेवारी पाएकी सहसचिव लम्साल अब सचिवको जिम्मेवारीमा जाने सम्भावना छ । त्यसका लागि लोक सेवा आयोगले केही दिनभित्रमा सचिव नियुक्ति प्रक्रिया पूरा गर्ने र त्यसपछि मन्त्रिपरिषद्ले नियुक्त गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4