+
+

आगलागी अपडेटः  घाइतेलाई सेनाको स्काई ट्रकमा काठमाडौं पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १८:२८

२० मंसिर, विराटनगर । विराटनगरको मुख्य बजारको कवाडी पसलमा भएको आगलागीमा परी घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । नेपाली सेनाको  स्काई ट्रकमा बुधबार  बेलुका काठमाडौं पठाइएको हो ।

विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको  थियो । चार जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

घाइते चारै जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं  पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।  घाइतेलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।

आगलागीमा परी घाइते भएकालाई स्काई ट्रकमार्फत काठमाडौं लैजान जिल्ला सुरक्षा समितिको बैठकले गृह मन्त्रालयमा पत्राचार गरेको थियो ।

सेनाको स्काई ट्रक आएपछि घाइते विराटनगर-६ की ६० वर्षीया रीता सरदार, विराटनगर-६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिंकी कामत र विराटनगर-६ का ५८ वर्षीय किशोर कामतलाई काठमाडौं पठाइएको हो ।

सातघुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो २ :१५ बजेतिर एक्कासी आगलागी भएको थियो। आगलागीमा परी दुई जनाको मृत्यु भएको थियो ।

घटनास्थलमै  मृत्यु भएकी एक महिलाको पहिचान खुलेको छैन । अर्का घाइते तथा कवाडी पसलका सञ्चालक ४० वर्षीय दीपक मण्डलको  उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

आगलागीको कारण र क्षतिको विवरण आइनसकेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?