+

एस्टन भिल्लासँग म्यानचेष्टर सिटी पराजित, अंक तालिकामा पनि सिटीलाई भिल्लाले उछिन्यो

२०८० मंसिर  २१ गते ९:३९ २०८० मंसिर २१ गते ९:३९
एस्टन भिल्लासँग म्यानचेष्टर सिटी पराजित, अंक तालिकामा पनि सिटीलाई भिल्लाले उछिन्यो

२१ मंसिर, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी एस्टन भिल्लासँग १-० ले पराजित भएको छ ।

लिओन बेलीको एक मात्र गोल मद्दतमा भिल्लाले सिटीलाई पराजित गर्दै ३ अंक जोडेको हो । बेलीले ७४औं मिनेटमा युरी थिलेमन्सको पासमा गोल गरेका थिए ।

सिटीले प्रिमियर लिगमा पछिल्लो चार खेलमा जित हात पार्न सकको छैन । मिडफिल्डर रोड्रीबीना मैदान उत्रेको सिटीले उनीविना जित निकाल्न सकिरहेको छैन ।

जितपछि एस्टन भिल्लाले अंकतालिका पनि सिटीलाई पछि पारेको छ । १५ खेलबाट ३२ अंक जोडेर एस्टन भिल्ला तेस्रो स्थानमा उक्लेको छ भने समान खेलबाट ३० अंक रहेको सिटी चौथो स्थानमा झरेको छ ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय