+

म्याकटोमिनेको दुई गोलमा युनाइटेडले चेल्सीलाई हरायो

२०८० मंसिर  २१ गते ९:४१ २०८० मंसिर २१ गते ९:४१
म्याकटोमिनेको दुई गोलमा युनाइटेडले चेल्सीलाई हरायो

२१ मंसिर, काठमाडौं । स्कट म्याकटोमिनेको दुई गोल मदततमा म्यानचेष्टर युनाइटडले प्रिमियर लिगमा चेल्सीलाई २-१ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा कप्तान ब्रुनो फर्नान्डेजले नवौँ मिनेटमै पेनाल्टी गुमाउँदा युनाइटेडले अग्रता लिने अवसर गुमाएको थियो । तर म्याकटोमिनेले १९औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

४५औं मिनेटमा कोल पाल्मरले चेल्सीका लागि बराबरी गोल गरे ।

तर ६९औं मिनेटमा म्याकटोमिनेले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले २-१ को अग्रता बनायो र त्यही अग्रता कायम राख्दै युनाइटेडले खेल जितेको हो ।

जितपछि १५ खेलबाट २७ अंक जोडेको युनाइटेड छैटौं स्थानमा उक्लेको छ । समान खेलबाट १९ अंक रहेको चेल्सी दशौँ स्थानमा छ ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय