२१ मंसिर, काठमाडौं । आईसीसीले बिहीबार टी–२० विश्वकपको नयाँ लोगो सार्वजनिक गरेको छ ।
परिवर्तित लोगोको थिम, ब्याट, बल, एनर्जी (ऊर्जा) को मिश्रण रहेको छ । यी कुराहरु टी–२० क्रिकेटको मुख्य प्रतीक हुन् । टी–२० को शब्दहरु बलरबाट आएको बल हान्ने बेलाको ब्याट स्वीङमा परिणत भएको देखाइएको छ ।
त्यस्तै लोगोमा रहेको जिगज्यागले उत्साह, मुटुको बढ्दो ढुकढुकीलाई चित्रित गरिएको छ । टी–२० विश्वकप २०२४ वेष्ट इन्डिज र अमेरिकामा ४ देखि ३० जुनमा हुनेछ ।
जसमा नेपालले पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले कात्तिकमा भएको आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा यूएईलाई ८ विकेटले हराउँदै १० वर्षपछि विश्वकप खेल्ने अवसर पाएको हो ।
प्रतिक्रिया 4