२१ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड रश्मिकुमारी घिसिङले भारतीय महिला लिग खेल्ने पक्का भएको छ ।
रश्मिले स्पोर्टस् ओडिसाबाट आई लिग खेल्ने भएकी हुन् । यसअघिको सिजनमा यस क्लबबाट नेपालकी अर्की फरवार्ड रेखा पौडेलले खेलेकी थिइन् ।
उनी पहिलो पटक भारतीय लिग खेल्न जाँदैछिन् । ओडिसामा आवद्ध भएसँगै यस संस्करणको आई लिग खेल्ने नेपाली खेलाडीको संख्या ५ पुगेको छ ।
यसअघि सेथुबाट खेल्न गोलकिपर एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता राना भारत गइसकेका छन् ।
त्यस्तै किक स्टार्टबाट खेल्न बिहीबार बिहान प्रीति राई र दीपा शाही पनि भारत प्रस्थान गरेका छन् ।
रश्मि पनि बिहीबार नै भारत पुग्नेछिन् ।
प्रतिक्रिया 4