२१ मंसिर, काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर अमृता जैसीले भारतीय महिला लिग खेल्ने भएकी छन् । यो सँगै आईलिगमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीको संख्या ६ पुगेको छ ।
स्पोर्टस ओडिसामा आबद्ध अमृताको टिमले १० डिसेम्बरमा इस्ट बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
पछिल्लो समय आफूलाई भरपर्दो रक्षकको रुपमा स्थापित गर्न सफल अमृता विभागीय टोली नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्छिन् ।
नेपाली खेलाडीहरु गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता राना सेथु एफसी, मिडफिल्डरद्वय प्रीति राई र दीपा शाही किकस्टार्टमा र फर्वाड रश्मीकुमारी घिसिङ ओडिसामा आबद्ध भएका थिए ।
प्रतिक्रिया 4