
२१ मंसिर, काठमाडौं । एनसेलको शेयर स्वामित्व बिक्रीको छानबिन गर्न माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले बिहीबार प्रदर्शन गरेको छ ।
बिहीबार त्रिभुवन विश्वविलालय परिसरमा उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर, नो ट्याक्स नो एनसेल, नीतिगत भ्रष्टाचार अन्त्य गर, एनसेलको आयव्यय विवरण सार्वजनिक गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
विरोध कार्यक्रममा अनेरास्ववियुका त्रिवि इन्चार्ज प्रशान्त भण्डारी र अनेरास्ववियु त्रिविका नेता सिद्धान्त भट्टले एनसेललाई राष्ट्रियकरण गर्न माग गरे ।
यसअघि सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले पनि संयुक्त विज्ञप्ति निकालेर एनसेलको शेयर खरिदबिक्री प्रकरणको विरोध गरेका थिए । एनसेलको ८० प्रतिशत शेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रालाइट लिमिटेडले खरिद गरेको थियो । उक्त कारोबार शंकास्पद भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको छ ।
प्रतिक्रिया 4