
२२ मंसिर, काठमाडौं । नेपाल एसबीआई बैंकले पुस १३ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । सार्वजनिक सूचना जारी गर्दै बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारणसभा बोलाएको हो । साधारणसभाले यसअघि घोषित लाभांश पारित गर्नेछ ।
बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । बैंकले मंसिर २९ गतेका लागि ‘बुक क्लोज’को मिति तय गरेको छ ।
मंसिर २८ गतेसम्म कायम सेयरधनी बैंकको लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन् । त्यस्तै बैंकले साधारणसभा मार्फत अन्य बैंक तथा वित्तीय संस्थालाई मर्ज, एक्वीजिसनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न, गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4