+
+

नेपाल सुपर लिग २०२३ : तथ्यांकमा दुई नवप्रवेशी वीरगञ्ज र झापाको पहिलो भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १०:५१

२२ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार दुई नवप्रवेशी टिम भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा वीरगञ्ज युनाइटेड र झापा एफसी भिड्न लागेका हुन् ।

यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो यसपल्टको १७ औं र समग्रमा प्रतियोगिताकै ४२ औ खेल हुनेछ ।

२. यी दुई टिम एक आपसमा पहिलो पटक भिड्न लागेका हुन् । दुवै टिम आफ्नो पहिलो जितको खोजीमा रहेका छन् । यसपल्टको प्रतियोगितामा वीरगञ्ज र झापा जितविहीन दुई मात्र टिम हुन् ।

३. दुवै टिमले आफ्नो क्वालिफायर/इलिमिनेटर खेल्ने सम्भावना जीवन्त राख्न निश्चित जित आवश्यक हुनेछ । जित बाहेकको अन्य नतिजा दुवै टिमका लागि दबाब सिर्जना गर्ने स्थिति हुनेछ ।

४. वीरगञ्ज तीन खेलबाट एक अंकसहित नवौं तथा अन्तिम स्थानमा छ । उसले पछिल्लो खेलमा ललितपुर सिटी एफसीसँग २–२ को बराबरी खेलेको थियो । त्यस अगाडि वीरगञ्ज धनगढी र एफसी चितवनसँग समान २–१ को स्कोरमा पराजित रहेको थियो ।

५. झापाको तीन खेलबाट दुई अंक छ र लिग तालिकाको आठौं स्थानमा छ । इलामविरुद्धको पहिलो खेल १–० ले गुमाएको झापाले त्यसपछि पोखरा थन्डर्ससँग १–१ र काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेलेको थियो ।

६. वीरगञ्ज आफूले खेलेका सबै खेलमा गोल गर्ने एक मात्र टिम रहेको छ । उसले प्रतिद्वन्द्वी टिमलाई क्लिन सिट राख्ने अवसर दिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?