
२२ मंसिर काठमाडौँ । नेपाल नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेलाई सानो आकारको आन्तरिक रेमिट्यान्स मात्रै खुलाउने तयारी भएको बताएका छन् । मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
हुण्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स सेवा नै बन्द गरिदिएपछि जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन अप्ठ्यारो हुँदै आएको छ ।
अध्ययन गरेर नै नै रेमिट्यान्स सेवा बन्द गरेको उनले बताए । ‘सुरूमा १ लाख, २५ हजार हुँदै बन्द गरेको हो । तर, विभिन्न एजेन्सीले समस्या भयो । तल्लो तहमा पैसा पठाउन समस्या भयो भनेपछि हामीले अध्ययन गरिरहेका छौ’, उनले भने ‘अध्ययन अन्तिम चरणमा पुगेको छ । त्यसबाट प्राप्त सुझावका आधारमा १०-१५ हजारको सीमा राखेर खुलाउने तयारीमा छौँ ।’
गभर्नर अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षा मार्फत नीतिगत दर हेरफेर गरेको बताए । ‘केही दिनमा प्रकाशित हुने तथ्यांकले त्यो पुष्टि हुन्छ । मुद्रास्फीति घटेको छ’, उनले भने ।
प्रतिक्रिया 4