
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हाल देखिएको नागरिकको आक्रोश व्यवस्थाप्रति नभएको बताएका छन् ।
उनले नागरिकको आक्रोश दलको नेताप्रति भएको बताए । ‘हामीहरुको क्रियाकलापले यी आक्रोशहरु निम्तिएका हुन् भन्ने मलाई लाग्छ’, नेता कोइरालाले भने, ‘हामीले गर्न नसकेकका कामहरु, गलत कामहरु, जुन भइरहेका छन् । त्यसको आक्रोश अहिले आइरहेको छ ।’
बाजुराकी कांग्रेस नेतृ रिता शाहीद्वारा लिखित ‘चिनारी’ गजल संग्रह शुक्रबार काठमाडौंमा विमोचन गर्दै नेता कोइरालाले आक्रोशलाई सम्बोधन गर्न पार्टीहरुले आचरण र व्यवहारमा परिवर्तन गर्न जरुरी रहेको बताए ।
कोइरालाले कांग्रेस जीवन्त पार्टी भएकाले वादविवाद हुनु सामान्उय भएको बताए । ‘लोकतान्त्रिक पार्टीमा मात्रै विवाद हुन्छ । कम्युनिष्ट पार्टीहरुमा विवाद भएको देख्नुहुन्न’, कोइरालाले भने ।
निर्वाचन अघि वा निर्वाचन पछि गठबन्धन गर्ने गम्भीर विषय भएको कोइरालाले बताए । ‘कम्युनिष्टसँग गठबन्धन गर्दै गयौं भने हाम्रो अस्तित्व समाप्त भएर जान्छ’, उनले भने ।
प्रतिक्रिया 4