+
+

‘जम्प’ अर्को शुक्रबारदेखि रिलिज हुने, रनटाइम डेढघण्टामा सीमित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते २०:२९

काठमाडौं । मंसिर २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जम्प’लाई चलचित्र जाँच समितिले पीजी प्रमाणपत्र प्रदान गरेको छ ।

१६ बर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा मात्रै फिल्म हेर्नुपर्ने भनिएको छ । सेन्सर बोर्डमा फिल्मले राम्रो प्रतिक्रिया प्राप्त गरेको निर्देशक आशुतोषध्वज कार्कीले बताए । फिल्मको रनटाइम १ घण्टा ३७ मिनेट २४ सेकेण्ड तय छ ।

उनले यही फिल्मबाट डेब्यु गर्दैछन् । जीवनमा आइपर्ने बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावको कथालाई फिल्मले पेश गर्ने उनको भनाई छ ।

एथ्लेटिक्स खेलाडीले जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा फिल्मले भन्छ । फिल्ममा सरोज श्रेष्ठ, बिनिता थापा, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको मुख्य भुमिका छ ।

फरक स्वादको फिल्म भएकाले दर्शकका लागि रुचिकर हुने आशा निर्माताले लिएका छन् । इशा खड्का कार्यकारी निर्माता रहेको फिल्मलाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?