+
+

नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी बज्राचार्यलाई

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते ९:१९

२३ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् ।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन भारत गएपछि बज्राचार्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
नेविसंघको केन्द्रीय समिति ७०१ सदस्यीय भए पनि अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन् ।

शेर्पा मंसिर २१ गतेदेखि २४ गतेसम्म दिल्लीको इन्द्रप्रस्थ नगरमा आयोजित अखिल भारतीय विद्यार्थी परिषदको ६९ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका छन् ।

आफू भारत प्रस्थान गर्नुअघि शेर्पाले नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम बज्राचार्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको पत्र दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?