+
+

राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

रासस रासस
२०८० मंसिर २३ गते ११:५२

२३ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यही मंसिर २८ र २९ गते सचिवालय बैठक काठमाडौंमा बोलाएको छ ।

बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ । सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिट्ब्यूरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ ।

पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहका उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्ने विषयमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बैठकमा समान विचार राख्ने राजनीतिक दलहरू, सङ्घसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने छ । देशभर साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा गरिने बैठकमा केही नेताहरूको जिम्मेवारी हेरफेरसमेत गरिने सो पार्टीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?