
काठमाडौं । अभिनेता प्रदीप खड्काको फिल्म ‘लाइनअप’ आउँदो वर्ष रोचक हुने देखिएको छ । ‘प्रेमगीत’ फेम्ड अभिनेताले लगातार आफू आबद्ध फिल्मको घोषणा गरिरहेका छन् ।
शनिबार उनले नयाँ फिल्म ‘एक्टर’को घोषणा गरे । यो फिल्मको टिजर पोस्टरअनुसार यसलाई राजन भुषालले निर्देशन गर्नेछन् । अर्धृृत फिल्मसको ब्यानरमा प्रोजेक्ट निर्माण हुन लागेको हो ।
यो फिल्मबारे विस्तृत उल्लेख नभएपनि यसलाई बदलाको कथामा आधारित ‘रिभेन्ज थ्रीलर’ भनिएको छ । फिल्मको प्रदर्शन २०२५ मा हुने उल्लेख छ । प्रदीपले गतसाता एक्सन फिल्म ‘ऐरी’ पनि खेल्ने घोषणा गरेका थिए । उनको लाइनअपमा ‘पूजार सार्की’ पनि छ ।
तर, उनले खेल्ने भनिएको फिल्म ‘क्यामिनो’ अन्योलग्रस्त देखिएको छ । उनले केही मिडियासँग भिसाको समस्याको कारण फिल्म बन्न ढिलाइ भएको बताएका थिए । खड्काले पछिल्लोपटक ‘प्रेमगीत ३’मा अभिनय गरेका थिए । ‘स्केप’ उनको डेब्यु फिल्म हो ।
प्रतिक्रिया 4