+

एनएसएलमा आज चितवन र ललितपुर भिड्दै

२०८० मंसिर  २४ गते ८:२६ २०८० मंसिर २४ गते ८:२६
एनएसएलमा आज चितवन र ललितपुर भिड्दै

२४ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत २०औं खेलमा आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

ललितपुर र चितवन दुवैको यो पाँचौ खेल हुनेछ ।दुवैलाई आजको खेल जित्दै अगाडि बढ्ने मौका छ ।

चार मध्ये एक जित र ३ बराबरीबाट ६ अंक जोडेको ललितपुर चौथो स्थानमा छ । आजको खेलमा विजयी भए ललितपुर शीर्ष स्थानमा पुग्नेछन् ।

यस्तै चार मध्ये एक जित र २ बराबरी बाट ५ अंक जोडेको चितवन पाँचौ स्थानमा छ । चितवनले एक खेल भने हारेको थियो ।

आज ललितपुरलाई हराएमा चितवनले शीर्ष दुईमा रहेका धनगढी एफसी र पोखरा थण्डर्ससँग समान अंक जोड्नेछ । धनगढी र पोखराको समान ८ अंक छ ।

चितवन गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा खेल्दैछ भने ललितपुरको कप्तानी अनन्त तामाङले गर्नेछन् । दुवै जना मार्की खेलाडी समेत हुन् ।

नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय