+

लिभरपुल शीर्ष स्थानमा, एस्टन भिल्लासँग आर्सनल पराजित

२०८० मंसिर  २४ गते ८:५८ २०८० मंसिर २४ गते ८:५८
लिभरपुल शीर्ष स्थानमा, एस्टन भिल्लासँग आर्सनल पराजित

२४ मंसिर, काठमाडौं । प्रिमियर लिगमा शनिवार राति भएका खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि पुनरागमन जितसहित शीर्ष स्थानमा उक्लँदा आर्सनल भने एस्टन भिल्लासँग १-० ले पराजित भएको छ ।

प्यालेसको मैदानमा भएको खेलमा हार्भे एलिओटले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि लिभरपुलले दश खेलाडीम समेटिएको प्यालेसमाथि रोमाञ्चक जित निकालेको हो ।

खेलको ५७औं मिनेटमा माटेटाले पेनाल्टीमा गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा जोर्डन आयु रातो (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदान बाहिरिएपछि प्यालेस दश खेलाडीमा समेटियो ।

त्यसैको फाइदा उठाउँदै लिभरपुलले दुई गोल गर्‍यो । ७६औं मिनेटमा मोहमद सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काए । लिभरपुलका लागि उनको यो दुई सयौँ गोल पनि हो । त्यसपछि इन्जुरी टाइममा हार्भे इलिओटले विजयी गोल गरे ।

जितपछि १६ खेलबाट ३७ अंक जोडेर लिभरपुल शीर्ष स्थानमा उक्लियो । आर्सनल सामु शीर्ष स्थानमा फर्कने अवसर थियो ।  तर एस्टन भिल्लासँग पराजित भएपछि आर्सनल दोस्रो स्थानमै छ । भिल्ला तेस्रो स्थानमा छ । यी तीन टोलीबीच जम्मा दुई अंकको अन्तर छ ।  भिल्लाको समान खेलबाट ३५ अंक छ ।

भिल्लालाई जित दिलाउन जोन म्याकगिनले सातौं मिनेटमै गरेको गोल निर्णायक बन्यो ।

उता संघर्ष गरिरहेको म्यानचेष्टर युनाइटेड भने बर्नमाउथसँग ३-० ले पराजित भयो । युनाइटेड १६ खेलबाट २७ अंकसहित छैटौं स्थानमा छ ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय