+

शीर्ष स्थानमा फर्कियो इन्टर

२०८० मंसिर  २४ गते ९:४८ २०८० मंसिर २४ गते ९:४८
शीर्ष स्थानमा फर्कियो इन्टर

२४ मंसिर, काठमाडौं । इटालियन सिरी ए मा गएराति भएको खेलमा इन्टर मिलानले उडिनेसीलाई ४-० ले पराजित गरेको छ । यस जितपछि इन्टर युभेन्ट्सलाई पछि पार्दै शीर्ष स्थानमै फर्किएको छ ।

घरेलु मैदानमा भएको खेलमा इन्टरका लागि हाकम चाल्हानोग्लु, फेडेरिको डिमार्को, मार्कुस थुराम र लाउटारो मार्टिनेजले गोल गरे ।

जितपछि १५ खेलबाट ३८ अंक जोडेर इन्टर शीर्ष स्थानमा उक्लेको हो । उसले दोस्रो स्थानमा युभेन्ट्समाथि २ अंकको अग्रता बनाएको छ भने तेस्रो स्थानको एसी मिलानमाथि ९ अंकको अग्रता बनाएको छ । युभेन्ट्सको समान खेलबाट ३६ अंक छ ।

एसी मिलान १५ खेलबाट २९ अंकसहित तेस्रोमा छ ।

इटालियन सिरी ए इन्टर मिलान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय