
चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनससहित १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
त्यस्तै कम्पनीले सो लाभांश पारित गर्नका लागि साधारणसभा पनि बोलाएको छ । पुस २० गते कम्पनीले साधारणसभा बोलाएको छ । यसका लागि पुस ८ गते सेयरधनी दर्ता किताब बन्द हुने भएको छ । पुस ७ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग लिने अधिकार राख्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4