
२४ मंसिर, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत सेयर बोनस र ५ प्रतिशत नगदसहित २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ६६ करोड ६३ लाख रुपैयाँ बराबरको लाभांश सेयरधनीलाई वितरण हुने जनाएको छ ।
कम्पनीले बुक क्लोजको मिति भने तय गरिसकेको छैन । कम्पनीको साधारण सेयरको मूल्य गत बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता ८८१ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4