+
+

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १२:०१
फाइल तस्वीर

२४ मंसिर, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ९५० र चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० मा तेजाबी सुनको कारोबार भएको थियो । यस्तै शुक्रबार एक हजार ४६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?