
काठमाडौं । राजबहादुर सानेको निर्देशनमा टेलिसिरिज ‘सिन्दूर पोते’ सार्वजनिक भएको छ । सिरिजले नेपाली समाजमा रहेको सासू-बुहारीको सम्बन्धको उतारचढावको कथा प्रस्तुत गर्छ ।
किशोर बुढाथोकी, काजल भुजेल, जानुका विक, सपना श्रेष्ठ र कृष्ण खड्काको मुख्य भूमिका रहेको यो सिरिज कृपा टीभी युट्युब च्यानलमा रिलिज भएको छ । सिरिजमा निर्देशक सानेकै लेखन रहेको छ भने वीरेन्द्र बलायरको छायांकन र चेतन सम्राटको सम्पादन छ ।
‘यो टेलिशृंखलाले नेपाली समाजमा महिलाहरुले भोग्दै आएको घरेलु हिंसा, सासू-बुहारीको सम्बन्धमा आउने उताचढावको विषयवस्तु प्रस्तुत गर्ने कोसिस गरेका छौं,’ निर्देशक सानेले अनलाइनखबरसँग भने ।
५२ एपिसोडसम्म प्रसारण हुने सिरिजलाई कृष्णबहादुर भट्टराई र काजल भुजेलले निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4