
काठमाडौं । ग्लोबल आईएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज लिमिटेडले धितोपत्र कारोबार सेवा सुरु गरेको छ ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त कम्पनीको उद्घाटन गरे । कम्पनीको उद्घाटनसँगै टीएमएसमार्फत धितोपत्र खरिद सेवा सुरू भएको छ ।
समारोहमा अध्यक्ष ढकालले धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताए ।
नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर, शंखमूलमार्ग हरेछ भने नेपाल स्टक एक्सचेन्जको धितोपत्र दलाल सदस्य नम्बर ८९ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4