+

इन्जुरी समयको गोलमा पोखरामाथि काठमाडौंको जित (तस्वीरहरु)

२०८० मंसिर  २५ गते २०:२० २०८० मंसिर २५ गते २०:२०
इन्जुरी समयको गोलमा पोखरामाथि काठमाडौंको जित (तस्वीरहरु)

२५ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा पोखरा थन्डर्सविरुद्धको खेलमा शोखरुले इन्जुरी समयमा गोल गरेपछि काठमाडौं रेजर्स विजयी भएको छ ।

खेलमा पोखराले पहिलो अग्रता लिएको भए पनि त्यसलाई जोगाउन सकेन र चार खेलको अपराजित यात्रा समाप्त भयो ।

यो जितसँगै काठमाडौंले लगातार तीन खेलको जितविहीन यात्रा पनि टुङ्ग्याएको छ ।

खेलमा ५९ औं मिनेटमा पोखराका मार्की आयुष घलानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ८३ औं मिनेटमा एनकुनगुए जुनियरले बक्सको एजबाट हानेको प्रहार गोल भएपछि खेल बराबरी भएको थियो ।

हेर्नुहोस काठमाडौं र पोखराबीचको खेलका तस्वीरहरू :

   

एनएसएल नेपाल सुपर लिग
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय