२५ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा पोखरा थन्डर्सविरुद्धको खेलमा शोखरुले इन्जुरी समयमा गोल गरेपछि काठमाडौं रेजर्स विजयी भएको छ ।
खेलमा पोखराले पहिलो अग्रता लिएको भए पनि त्यसलाई जोगाउन सकेन र चार खेलको अपराजित यात्रा समाप्त भयो ।
यो जितसँगै काठमाडौंले लगातार तीन खेलको जितविहीन यात्रा पनि टुङ्ग्याएको छ ।
खेलमा ५९ औं मिनेटमा पोखराका मार्की आयुष घलानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि ८३ औं मिनेटमा एनकुनगुए जुनियरले बक्सको एजबाट हानेको प्रहार गोल भएपछि खेल बराबरी भएको थियो ।
हेर्नुहोस काठमाडौं र पोखराबीचको खेलका तस्वीरहरू :
प्रतिक्रिया 4