२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता खेल्ने तयारीमा रहेको बागमती प्रदेशले विभागीय टोली एपीएफसँग द्विपक्षीय सिरिज खेल्न टोली घोषणा गरेको छ ।
बागमती प्रदेश क्रिकेट संघले सोमबार अस्मिना कर्माचार्यको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।
बागमती प्रदेश स्तरीय छनोट प्रतियोगिता र बागमती रेड, ब्लु र ग्रीन गरी तीन टिम सम्मिलित इलिट ट्रफीपछि बागमती प्रदेशले टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान अस्मिनासँगै राष्ट्रिय टोलीबाट खेलिसकेका कञ्चन श्रेष्ठ (विकेटकिपर) सोनी पाख्रिन र खुशी डंगोल पनि छन् ।
यस्तै अन्य सदस्यमा हेलिसा गुरुङ, अस्मिता खरेल, कृष्मा गुरुङ, अनिशा मजकोटी, संस्कृति फुयाल, सलिना सिलवाल, सबिना कुमारी यादव, यशोदा विष्ट, बिपिशा शाही, मनिषा उपाध्याय, अइली यादव, यशु पाण्डे, लक्ष्मी माया रुम्बा र सुजिता थापा छन् ।
प्रतिक्रिया 4