२६ मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५०औं गोल गरेका छन् ।
साउदी किङ कपमा अल-नासेरले अल-शबाबलाई ५-२ ले पराजित गर्दा रोनाल्डोले यस वर्ष ५०औं गोल गरेका हुन् ।
उनले दोस्रो हाफमा टिमको लागि चौथो गोल गरेका थिए ।
रोनाल्डोले यस सिजन कूल २६ गोल गरेका छन् भने साउदी प्रो लिगमा १५ खेलमा १६ गोल गरेका छन् ।
तीन दिनअघि रोनाल्डोले आफ्नो व्यावसायिक करियरको १२ सयौँ गोल गरेका थिए ।
प्रतिक्रिया 4