+
+

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते ८:४३

२६ मंसिर, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले सो सेयर बिक्रीका लागि पुनर्बीमा कम्पनीको सञ्चालक समितिबाट स्वीकृत गराइसकेको जनाएको छ ।

लिलामी बिक्रीमा ल्याइएको सेयरका लागि हालका संस्थापक र नेपाली नागरिकले पनि ३५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । प्रतिकित्ता न्यूनतम मूल्य ३ सय रुपैयाँ नघट्नेगरी इच्छुकले आवेदन दिन सक्नेछन् । न्यूनतम १ लाख र अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने हिमालयन एभरेस्ट इन्स्योरेन्सले जनाएको छ ।

सेयर बाँडफाँटका लागि हालका संस्थापक सेयरधनीलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री गर्ने क्रम बढेको छ । बहु सरकारी स्वामित्वको यस कम्पनीको सुशासन कमजोर देखिएको छ । कम्पनीले अहिलेसम्म गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण समेत सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?