+

भारतसँग टस हारेको नेपाललाई ब्याटिङको निम्तो

२०८० मंसिर  २६ गते ११:२८ २०८० मंसिर २६ गते ११:२८
भारतसँग टस हारेको नेपाललाई ब्याटिङको निम्तो

२६ मंसिर, काठमाडौं । यू–१९ एसिया कप क्रिकेटको समूह एको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

दुबईस्थित आइसीसी क्रिकेट ओभल २ मा भारतका कप्तान उदे सरनले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा नेपालको तर्फबाट दुई परिवर्तन भएको छ । आकाश त्रिपाठी र विपिन रावलको स्थानमा दिपक प्रसाद डुम्रे र दिपक बोहोरा टिममा छन् ।

यसअघि भारत पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो भने अफगानस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

नेपाल भने पाकिस्तान र अफगानस्तान दुवैसँग पराजित भएको थियो । नेपाल पाकिस्तानसँग ७ विकेटले तथा अफगानस्तानसँग ७३ रनले पराजित भएको हो ।

नेपालको प्लेइङ ११

देव खनाल (कप्तान), अर्जुन कुमाल, उत्तम थापा मगर, दिपक प्रसाद डुम्रे, आकाश चन्द, हेमन्त धामी, दिपेश कँडेल, सुवास भण्डारी, दिपक बोहोरा, गुल्सन झा र दिपक बोहोरा

यू–१९ एसिया कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय