+

नेप्लिज क्यानेडियन क्रिकेट क्लबको नयाँ नेतृत्व चयन

२०८० मंसिर  २६ गते १२:०८ २०८० मंसिर २६ गते १२:०८
नेप्लिज क्यानेडियन क्रिकेट क्लबको नयाँ नेतृत्व चयन

२६ मंसिर, काठमाडौं । नेप्लिज क्यानेडियन क्रिकेट क्लब एनसीसीको पाँचौं साधारण सभाले अमृत थापाको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य सदस्य समिति  चयन गरेको छ ।

संरक्षक इमरान असगर, अध्यक्ष अमृत थापा, उपाध्यक्ष  दिनेश बानियाँ, उपाध्यक्ष विनोद गुप्ता, सचिव आलोक देवकान्त, कोषाध्यक्ष कुशल रानाभाट, सहकोषाध्यक्ष  राजन तामाङ, सदस्य बिपिन पराजुली, विनय यादव, सुशान्त तुलाधर, विदुर भण्डारी, मनिल वाग्ले छन ।

बिगतमा क्लबलाई यो उचाइसम्म पुर्‍याउन साथ दिने सबैलाई आभार व्यक्त गर्दै अब नवनिर्वाचित अध्यक्ष थापाले नेतृत्वमा आउँदै गर्दा क्लबलाई निष्ठता र नयाँ उचाइमा पुर्‍याउन सधैं तत्पर रहने बताए ।

क्लबका निवर्तमान अध्यक्ष किरोज श्रेष्ठले संस्थालाई चार वर्ष नेतृत्व गर्न पाएकोमा खुसी व्यक्त गरे ।

२०१७ मा स्थापित क्लबले क्रिकेट खेलका विभिन्न गतिविधि गर्दै आएको छ ।

प्रतिष्ठित मिसिसाउगा क्रिकेट लिगमासमेत सहभागी हुने गरेको नेप्लिज क्यानेडियन क्रिकेट क्लब क्यानडाली लिगमा प्रतिस्पर्धा गर्ने सम्भवतः पहिलो नेपाली खेलकुद टोली हो ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय