
२६ मंसिर, काठमाडौं । नेकपा एमालेले मध्यपहाडी संकल्प यात्रालाई अवरोध नगरिदिन आग्रह गरेको छ ।
‘हामीले आग्रह गर्दै आएका छौं । यो यात्रालाई सहयोग गरिदिनुहोस्, नभए अवरोध पनि नगरिदिनुहोस्’, अनलाइनखबरसँग प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।
गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा आजबाट कोशी प्रदेश प्रवेश गरेको छ । तर पहिचान पक्षधर सामाजिक संस्थाहरुले एमालेको यात्रालाई अवरोध गर्ने तयारी गरेको छ ।
‘अभियानलाई छेक्ने, अवरोध गर्ने र बन्द गर्ने कार्य लोकतान्त्रिक कुरा होइन । असहमति भए औपचारिक रुपमा संवैधानिक र शान्तिपूर्ण ढंगले राख्न सक्नु हुन्छ’, गौतमले भने । तर एमालेलाई मात्रै निशाना बनाएर बन्द हड्ताल गर्नु लोकतान्त्रिक नहुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4