
२६ मंसिर, काठमाडौं । प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीले लेखेको नासो कथामा आधारित नाटक काठमाडौंमा ४ पुसदेखि प्रदर्शन हुने भएको छ । थापागाउँस्थित आरोहण गुरुकुल कुञ्ज नाटकघरमा ७ पुससम्म नाटक मञ्चन गरिने सहनिर्देशक किरण चापागाईंले जानकारी दिए ।
मैनालीले लेखेको नासो कथामा घरको कलहले बालबालिकामाथि पर्ने असर देखाउन खोजिएको छ । उक्त कथामा आधारित नाटक नासोले नेपाली समाज र बालबालिकाको मनोविज्ञान नजिकबाट बुझ्नको लागि सहज हुने निर्माण पक्षको भनाइ छ ।
सद्भाव थिएटर- नेपालले सुरू गरेको “शिक्षाका लागि रङ्गमञ्च” अभियान अन्तर्गत कोलम्बस इन्टरनेशनल स्कुलको सहकार्यमा नासो नाटक मञ्चन गर्न लागिएको हो ।
नाटकमा नुबु शेर्पा, क्रिशा बरूवाल, सौगात कक्षपति, साइना स्याङ्तान, युक्ति थापामगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझी लगायत सेजल काफ्लेको अभिनय रहनेछ ।
यस नाटकको नाट्य रूपान्तरण तथा निर्देशन राम केएसीले गरेका छन् भने सह-निर्देशन किरण चापागाईंको रहेको छ ।
प्रतिक्रिया 4