+

तथ्यांकमा इलाम र वीरगञ्जबीच पुछारको स्थान छाड्ने होड

२०८० मंसिर  २७ गते ९:४० २०८० मंसिर २७ गते ९:४०
तथ्यांकमा इलाम र वीरगञ्जबीच पुछारको स्थान छाड्ने होड

२७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को मंगलबार हुने खेलमा स्पोर्टिङ इलामले वीरगञ्ज युनाइटेडको सामना गर्दैछ । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो खेल यसपल्टको २३ र समग्रमा प्रतियोगिताकै ४८ औं खेल हुनेछ ।

२. इलाम र वीरगञ्जले यसै प्रतियोगिताबाट डेब्यु गरेका हुन्, त्यसैले यो दुई टिमबीचको पहिलो भेट हुनेछ ।

३. यो लिग अंक तालिकाको पुछारमा रहेका दुई टिमबीचको भिडन्त हुनेछ ।

४. इलाम पाँच खेलबाट चार अंकसहित आठौं स्थानमा छ । उसले यी खेलमा एक जित र एक बराबरी निकालेको छ । यस्तै बाँकी तीन खेलमा पराजित रहेको छ ।

५. इलामले प्राप्त गरेको एक मात्र जित झापा एफसीविरुद्ध रहेको छ । त्यसमा इलाम १–० ले विजयी रहेको थियो । यस्तै उसले धनगढी एफसविरुद्धविरुद्धका आफ्नो पछिल्लो खेलमा २–२ को बराबरी खेलेको थियो । अन्य खेलमा भने इलाम काठमाडौंसँग १–०, बुटवल–लुम्बिनी एफसीसँग २–१ र पोखरा थन्डर्ससँग १–० ले पराजित भएको थियो ।

६. वीरगञ्ज प्रतियोगितामा जितविहीन एक मात्र टिम रहेको छ । उसले चार खेलमा दुई बराबरी खेलेको छ भने दुई खेलमा पराजित रहेको छ । दुई अंकमै सीमित रहेर वीरगञ्ज नौ टिममध्ये सबैभन्दा अन्तिम स्थानमा छ ।

७. वीरगञ्ज आफ्ना सुरुआती दुई खेलमा धनगढी र एफसी चितवनसँग समान २-१ ले हारेको थियो । त्यसपछि उसले ललितपुर सिटी एफसीसँग २–२ र झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । वीरगञ्ज पछिल्ला दुई खेलमा अपराजित छ ।

एनएसएल नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय