
२७ मंसिर, काठमाडौं । श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ४ करोड ९५ लाख रुपैयाँ बराबरको ५.०५ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
यो लाभांश करसहित हो । लाभांश आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । कम्पनीले गत आर्थिक वर्ष ५.२ प्रतिशत नगद र २.४ प्रतिशत सेयर बोनस प्रदान गरेको थियो । कम्पनीको सेयर मूल्य बजारमा प्रतिकित्ता साढे ३ सय रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4